तीन वर्षपछि जेलबाट रिहा भइन् साउदी अरबकी राजकुमारी

कोल्हवी न्यूज
२०७८ पुष २५, आईतवार ०६:५७ गते

तीन वर्षअघि जेल परेकी साउदी अरबकी राजकुमारी शनिबार जेलमुक्त भएकी छन् । संवैधानिक राजतन्त्रका पक्षपाती रहेकी ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारको क्षेत्रमा लागेका कारण पक्राउ परेकी थिइन् । राजधानी रियादमा रहेको जेलबाट सरकारी अधिकारीहरुले उनी र उनकी छोरीलाई मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएका छन् ।

सन् २०१९ को मार्चमा गिरफ्तार भएकी उनी स्वास्थ्यमा समस्या आएपछि जेलमुक्त भएकी हुन् । पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ । पक्राउ पर्नुअघि उनी उपचारका लागि स्विट्जरल्याण्ड जाने तयारीमा थिइन् । स्विट्जरल्याण्ड प्रस्थानको केही दिनअघि मात्रै उनलाई पक्राउ गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*