दसैँपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से २६२९ विन्दुमा
दसैँ बिदापछि खुलेको धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आइतबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको हो।
कारोबारको सुरुवाती चरणमा वृद्धि देखिए पनि अन्तिम समयमा बजार घटेर बन्द भएको हो।
आज ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच भएका छन्। दिनभर ३८ हजार ७८८ पटकको कारोबार हुँदा कुल ४ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये ९९ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बजारमा सामान्य गिरावट आए पनि बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ।
त्यस्तै, चिर्खाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको शिवम् सिमेन्ट्सको २० करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।










