भारतले नेपाललाई दैनिक १८ घण्टा विद्युत् आयात गर्न अनुमति दियो
भारतले नेपाललाई आगामी १३ सेप्टेम्बरदेखि डिसेम्बर ३१, २०२६ सम्म दैनिक १८ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको छ।
भारतको विद्युत् मन्त्रालयको स्वीकृतिअनुसार नेपालले मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनबाट ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट ५४ मेगावाट गरी अधिकतम ६५४ मेगावाट विद्युत् आयात गर्न पाउनेछ।
भारतले राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् निर्यातको अनुमति दिएको हो। जनवरी २०२७ देखि आवश्यक विद्युत्को परिमाण भने डिसेम्बरमा पुनरावलोकन गरिनेछ।
बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेर स्वदेशी उत्पादन घटेपछि भारतबाट थप विद्युत् आयात गर्न अनुमति दिइएको हो। भारतको निर्णयले नेपालको विद्युत् आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










