बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धतासहित काठमाडौंमा सोनु सुद

कोल्हवी न्यूज
२०८३ भाद्र १७, बुधबार ०७:१७ गते

काठमाडौं । बलिउड अभिनेता सोनु सुद बाढी प्रभावित नेपाली नागरिकलाई सहयोग गर्न मंगलबार काठमाडौं आइपुग्नुभएको छ । उहाँ आफ्नो ‘सुद च्यारिटी फाउण्डेशन’को टोलीसहित नेपाल आउनुभएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुदले सामाजिक सञ्जालमार्फत नेपाल आएर प्रभावितलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले बाढीपीडितका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका सुदलाई ‘खाल्सा एड’का प्रतिनिधिले स्वागत गरेका थिए । नेपालमा बाढीपछि प्रभावित नागरिकलाई सहयोग गर्न उहाँको आगमन भएको हो ।

सुद भारतीय चलचित्र क्षेत्रमा परिचित अभिनेता हुनुहुन्छ । उहाँले हालसम्म एक सयभन्दा बढी भारतीय चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*