बारामा कोब्रा सर्पले डस्दा चार वर्षीय बालकको मृत्यु

कोल्हवी न्यूज
२०८३ कार्तिक १०, सोमबार १५:४३ गते

बारा, कात्तिक ९ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा कोब्रा सर्पले डस्दा चार वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको पकडिया घर भएका गजेन्द्र प्रसाद पालका छोरा आदित्य प्रसाद पाल रहेका छन्। उनी एक महिनादेखि आमासँगै मामाघरमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार मामाघरअगाडि खेलिरहेका बेला विषालु कोब्रा सर्पले बालकको बायाँ खुट्टामा डसेको थियो। सर्पदंशबाट गम्भीर भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बालकको मृत्यु भएको पुष्टि गरेका थिए।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मुसहर्वाबाट प्रहरी नायब निरीक्षक मनोज साह सोनारको नेतृत्वमा टोली खटिएको थियो।

बालकका मामा जितेन्द्र कुमार पालले नारायणी अस्पतालबाट शव घरमा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

घटनाबारे थप विवरण प्रहरीले संकलन गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*