मस्कको दाबी : २०२८ सम्ममा एआईले सबै क्षेत्रमा मानिसलाई पछि पार्नेछ
टेस्ला र एक्सएआईका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आगामी एक–दुई वर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सबै क्षेत्रमा मानिसलाई पछि पार्ने दाबी गरेका छन्।
मस्कले सेप्टेम्बर २२ मा सामाजिक सञ्जाल एक्समा गुगल डीपमाइन्डका शोधकर्ता फ्रान्सोइस चोलेटको एआईसम्बन्धी पूर्वानुमानलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। उनले चोलेटको पूर्वानुमानलाई ‘कन्जर्भेटिभ’ भन्दै “एआईले आगामी वर्षको अन्त्यसम्म वा २०२८ सम्ममा सबै क्षेत्रमा मानिसलाई पछि पार्नेछ” भन्ने धारणा व्यक्त गरेका छन्।
यसअघि पनि मस्कले एआईले डिजिटल क्षेत्रमा मानिसभन्दा माथि पुग्ने र अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने खालका विभिन्न पूर्वानुमान गर्दै आएका छन्। उनको पछिल्लो दाबी भने डिजिटल काममा मात्र सीमित नरही ‘सबै क्षेत्र’मा एआईको क्षमता मानिसभन्दा अघि पुग्ने विषयमा केन्द्रित छ।










