रसुवा बाढीमा पहिचान हुन नसकेका शव पहिचान गर्न चीनले सघाउने
रसुवामा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको पहिचानका लागि चीनले नेपाललाई सहयोग गर्ने भएको छ।
चीनले डीएनए पहिचान विज्ञसहित आवश्यक उपकरण नेपाल पठाउने तयारी गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
उनका अनुसार चीनले डीएनए परीक्षण उपकरणसँगै ड्रोन र जलशुद्धीकरण उपकरणसमेत नेपाल पठाउने तयारी गरेको छ। बाढीपछि नदीमा लामो समय डुबेका कारण धेरै शवको पहिचान गर्न कठिन भइरहेको छ।
चीनबाट विज्ञ र आवश्यक उपकरण आएपछि डीएनए परीक्षणमार्फत पहिचान हुन नसकेका शवको पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ।
गत बुधबार आएको विनाशकारी बाढीपछि मंगलबारसम्म एक हजारभन्दा बढी शव संकलन भइसकेका छन् भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।










