ट्वान्टी–२० विश्वकप २०२४ अमेरिका र वेस्ट इन्डिजमा हुने

कोल्हवी न्यूज
२०७८ कार्तिक ३०, मंगलवार १८:२५

सन् २०२४ को ट्वान्टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । जुन २०२४ मा हुने विश्वकप क्रिकेट दुई देशले गर्ने पक्का भएको छ ।

यस्तै, आईसीसीले सन् २०३१ सम्मको विश्वकप आयोजना गर्ने राष्ट्रको टुंगो लगाएको छ । सन् २०२५ को फेब्रुअरीमा हुने विश्वकपको आयोजना पाकिस्तानले गर्ने भएको छ । भारत र श्रीलंका मिलेर सन् २०२६ को विश्वकपको आयोजना गर्ने भएका छन् ।

त्यस्तै, तीन देश मिलेर सन् २०२७ को विश्वकप क्रिकेट आयोजना गर्ने भएका छन् । जसमा जिम्बाब्वे, दक्षिण अफ्रिका र नामिबिया रहेका छन् ।

सन् २०२१ को विश्वकप विजेता राष्ट्र अष्ट्रेलिया र उपविजेता न्युजिल्यान्डले सन् २०२८ को विश्वकप आयोजना गर्ने भएका छन् । इंग्ल्यान्ड, आयरल्यान्ड र स्कटल्यान्ड मिलेर २०३० को विश्वकप आयोजना गर्दा बंगलादेश र भारतले २०३१ को विश्वकप आयोजना गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*