प्रथम कोल्हवी नगर लिग फुटबल: उद्घाटन खेलमा ज्ञानु फाउन्डेसनको शानदार जित
कोल्हवी, बारा — कोल्हवी नगरपालिकाममा सुरु भएको प्रथम कोल्हवी नगर लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानु फाउन्डेसनले विजयी सुरुआत गरेको छ। स्थानीय खेलमैदानमा सम्पन्न रोमाञ्चक उद्घाटन भिडन्तमा ज्ञानु फाउन्डेसनले विपक्षी टोलीलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको ज्ञानु फाउन्डेसनले बलमाथि पकड जमाउँदै विपक्षी टोलीलाई लगातार दबाबमा राखेको थियो। उत्कृष्ट पासिङ र समन्वयका साथ मैदानमा उत्रिएको फाउन्डेसनका लागि फरवार्डहरूले पहिलो हाफमै टोलीलाई अग्रता दिलाएका थिए।
विपक्षी टोलीले खेलमा फर्किने प्रयास गर्दै १ गोल फर्काए पनि ज्ञानु फाउन्डेसनको सशक्त रक्षापङ्क्ति र आक्रामक रणनीतिसामु उनीहरूको केही लागेन। दोस्रो हाफमा थप गोल गर्दै ज्ञानु फाउन्डेसनले ४-१ को सहज र सुनिश्चित जित हात पार्यो।
कार्यक्मको सभापतित्व नगर खेल्कुद बिकास समितिका अध्यक्ष शिव चौधरिको रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी रहनु भएको थियो।यसैगरी बिशिस्ट अतिथिहरुमा कोल्हवी नगरपालिकाकी उप-प्रमुख लक्ष्मी कुमारी चौधरी,वडा न.३ का वडा अध्यक्ष किशुन्दयाल चौधरी,वडा न.४ बिष्णु प्रसाद मैनाली,ई.प्र.का प्रमुख बुद्धिमान सुङ्वाङ,मत्स्य ब्यबसायी संघ मधेस प्रदेश अध्यक्ष बिरेन्द्र चौधरी,नेपाली काङ्ग्रेस पुर्व सभापती बिरेन्द्र प्रसाद चौधरी,था.क.स का जिल्ला अध्यक्ष राम प्रसाद चौधरी,नेकपाका रामचन्द्र साफी,नेकपा एमालेका पुरण चौधरी,रास्वपाका नगर उपाध्यक्ष जितन चौधरी,नागरिक उन्मुक्ती पार्टीका भुवान चौधरि लगाएतका माहानुभावहरुको उपस्थिती रहेको थियो।
स्थानीय युवाहरूमा रहेको खेलकुद प्रतिभालाई उजागर गर्न र नगरस्तरीय खेलकुदको विकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न जनप्रतिनिधि, खेलकुदप्रेमी तथा स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा आमन्त्रित व्यक्तित्वहरूले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औचारिक उद्घाटन गरेका थिए।
उद्घाटन खेलमा देखा परेको दर्शकहरूको बाक्लो उपस्थिति र खेलाडीहरूको उत्साहले नगरमा फुटबल खेलप्रतिको मोह बढेको पुष्टि गर्छ। प्रतियोगिताअन्तर्गत आगामी दिनहरूमा नगरका अन्य प्रतिस्पर्धी टोलीहरूबीच खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ। खेल अवधिभर अनुशासित र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेका खेलाडीहरूको उत्साहले सम्पूर्ण रङ्गशाला खेलमय बनेको थियो।कार्यक्रमको सन्चालन धिरेन्द्र पनुहरले गर्नुभएको थियो।










