कोल्हवीमा जारी प्रथम नगर लिग फुटबलको उपाधि साहारा युवा क्लब पिपरियाको पोल्टामा
कोल्हवी । कोल्हवी नगरपालिकामा आयोजित प्रथम नगरस्तरीय लिग फुटबल प्रतियोगिताको उपाधि साहारा युवा क्लब पिपरियाले जितेको छ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि भएको ट्राइब्रेकरमा साहारा युवा क्लब पिपरियाले मठवा युवा क्लब मठवालाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयभर दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै पिपरियाले उपाधि जित्न सफल भयो भने मठवा युवा क्लब उपविजेतामा सीमित रह्यो।
नगर खेलकुद विकास समिति कोल्हवीको आयोजनामा सञ्चालन भएको प्रतियोगिता कोल्हवी नगरपालिका–१ स्थित मठवा फिल्डमा सम्पन्न भएको हो। प्रतियोगिताले स्थानीय फुटबल खेलाडीको प्रतिभा उजागर गर्नुका साथै नगरभित्र फुटबल खेलको विकास र खेलाडीबीच प्रतिस्पर्धात्मक भावना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको चौधरिले बताउनु भएको छ।
कार्यक्रमको सभापतित्व नगर खेलकुद विकास समितिका अध्यक्ष शिव चौधरिको रहेको थियो भने प्रमुख अतिथी कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी र बिशिस्ट अतिथिमा उप- प्रमुख लक्ष्मी कुमारी चौधरिको रहेको थियो।अतिथिका रुपमा कोल्हवी नगर भित्रका वडा अध्यक्षहरु संघ सन्स्थाका प्रतिनिधि हरु लगाएतका माहानुभावहरुको उपस्थिती रहेको थियो।कार्यक्रम लाई रामकुमार उप्रेती र धिरेन्द्र पनुहरले सन्चालन गर्नु भएको थियो।
प्रतियोगितामा नगर भित्रका नौ क्लबहरुको सहभागिता रहेकोमा चौथो जनशक्ती क्लबले रु ५०००पुरस्कार प्राप्त गरेको थियो।त्यसैगरी तेस्रो भएको ग्यानु फाउन्डेसनले रु.दस हजार प्राप्त गरेको थियो।उपबिजेता मठवा युवा क्लब मठवाले रु.२०००० सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।यसै गरि बिजेता क्लब सहारा युवा क्लब पिपरियाले रु.चालीस हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेका थिए।प्रतियोगिता असोज २६ गतेदेखि शुरु भएको थियो।
प्रथम नगर लिग फुटबलको उपाधि जितेसँगै साहारा युवा क्लब पिपरियाले कोल्हवीको फुटबल क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको छ।










