कहाँ छ समाजबाद
लिलाम भएको हाम्रो जनमत !
पराजित आश्रीत नेपाली श्रमजीवीहरु
रणनितिक सत्यता, न्ययिक आन्दोलन,मा
सहि बिचारको सङ्कल्पमा जुटौं ।
युरोप , पुर्बी यसिया दक्षिण हुँदै ।
सिहदरबार प्रबेस ! सत्ताको भाइरस
मृत्यु सैयामा क्रोध को भारी बोकि ।
नाफामा फेला परेको सरकार !!!
बिख ओकलेर अमृत खानखोज्दा
m.c.c को पाहाड ले थिच्ने पो हो कि ?
दुई धुर्ब मा देखियको राजनीतिक
लभम्यारिज हुँदै हनिमुन सम्म आउँदा
गर्भाआस्ट चिना बनाउन,
अदम्य ऋषि को खिजिमा छ।मेरो देस !
पचास बर्ष यता क्रान्तिको भषा
केबल सत्ता माया मोह आफन्त
भन्दा केही फरक देखियन
काहा पुर्यायौ समाजबादी आन्दोलन?
कता हरायो हाम्रो मौलिकतामा गर्ने ।
बैज्ञानिक समाजबादी अभ्यास ।
गुलियो चिनी को बट्टा भित्र
प्वाँख उम्रेका कमिलाहरु???
सास्टङ्ग दण्डबत चढाउने माहामानव
परमपरा को अन्त्य गर्न हिडेका मालिकहरु !
माछा लाई रुख चढ्ने आदेस गर्दैछन,
हो तेहि आदेस को पालक सिपाही म ।
खरिद, बिक्री , लेनदेन, को ब्यापार देखेर
समाजबाद को भट्टी मा खारिन खोज्ने ।
त्यो कम्युनिस्ट हो। जसलाइ भौतिकबादी भनिन्छ।