वीरगंजको पावरहाउस चोकमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कोल्हवी न्यूज
२०८३ मंसिर १०, बुधबार १७:४२ गते

वीरगंज, १० मंसिर । वीरगंजको पावरहाउस चोकमा भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

भारतीय नम्बर प्लेट पीबी १० एचजी ९७२२ को ट्रकले बागमती प्रदेश ०३–००५ प ४२५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नारायणी न्युरो अस्पताल लगिए पनि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*