अगाडि बढिरन्छ
आमा ती
राता मान्छेहरू
ताता मान्छेहरू
खुईलैदै र
सेलाउदै गईरहेका छन ।
भन्छन मान्छेहरु
के तिनै मान्छेहरु
हुन त ? यी मान्छेहरू
जसको स्वभाब बदलियाे
चाल चलन बदलियाे ।
नियालेर हेर्छन मान्छेहरू
भन्छन् ।
तिनै मान्छेहरु हुन त ? यिनीहरु
पत्याउन गाह्रो भएको छ
तर पनि तथ्यले भनिरहेको छ
यिनिहरु बदलिए स्वार्थमा
भ्रष्ट लाेभलालच
भाेग बिलास र मनाेरन्जनमा
त्यसैले त यी खुईलिदै गएर
सेलाउदै गए।
मुल्य बाट मुल्यहिन हुदै गए
यिनको आफ्नो ब्यबहारले
आफैंलाई खादै गयो
जसलाई देख्दा उत्साह हन्थ्याे
तर अहिले भन्छन
मान्छेहरु
ती स्वार्थिहरु नभेटिए हुन्थ्यो
नदेखिए हुन्थ्यो
लाेभिपापी अबसरबादीहरु
क्रान्तिका धाेकेबाजहरु
जसले आम जनतालाई
झुक्याए ।
क्रान्तिको मुल मर्म र भावना लाई
ताेडमाेड पारे
राज्यलाई दाेहन गरे
जुनबर्गकाे बिरुद्धमा क्रान्ति भयो
त्यो बर्गलाई नै नेता बनाए
क्रान्तिकारी भन्ने र शाेसक
सामन्त दलाल बर्ग एउटै
कित्तामा उभिनपुगे
फरक छुटि्न छाडयाे
आमा त्यसैले ती खुईलिदै गए
त्यसैले ती सेलाउदै गए
ती खुईलैदै र सेलाउदैमा
परिबर्तन र सामाजिक न्याय सहितको
यात्रा राेकिदैन
जाे निरन्तर अगाडि बढिरन्छ ।
जाे निरन्तर अगाडि बढिरहन्छ ।