युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज, देशभर साहित्यिक कार्यक्रम हुँदै

कोल्हवी न्यूज
२०८३ भाद्र २६, शुक्रबार ०६:५८ गते

काठमाडौं । राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदै छ।

वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको ३० वर्षको उमेरमा वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन निधन भएको थियो। छोटो जीवनकालमै उनले नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यही छापाखानाको प्रयोगसँगै नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ।

जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले आज विविध कार्यक्रम आयोजना गर्दैछन्।

नेपाली शिक्षा परिषद्ले दिउँसो २ बजे कवि सम्मेलन आयोजना गर्नुका साथै ‘युवा वर्ष मोती पुरस्कार’ समेत वितरण गर्ने जनाएको छ।

नेपाली साहित्यको उन्नयनमा मोतीराम भट्टले पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमसहित मनाउने गरिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*