सचेत नागरिक सुरज बिक्रमले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा

सुरज बिक्रम:कोल्हवी, ५ ,बारा (हाल: जापान)
२०७९ असार १५, बुधबार २०:३० गते

कोल्हवी:बिगत लामो समय कोल्हवी नगरको राजनीति लाई प्रत्येक्ष नियालेर कडा खबरदारी गर्ने एक नाम हो सुरज बिक्रम उनले केही दिन अघि समाजिक सञ्जालमा ११ बुदे आफ्नो भावि रणनीति तय गर्दै कोल्हवी ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले भनेका छन्।“ केही समय देखि म बाहिर छु । आफ्नो देश छोडेर बाहिर जान पर्ने विडम्बना यात सोयम भोग्ने लाई थाहा हुन्छ यात विमानस्थल सम्म पुर्याउन आउने आफ्नो मान्छे लाई थाहा हुन्छ । मैले आफ्नो लागि धेरै संगर्ष गरे अब मेरो समाजको लागी केही गर्ने सोच बनाएको छु । यो सालमा भएको स्थानीय चुनावमा मैले सहभागीता जनाउन पाईन तर पनि मैले धेरै थोक बुझे देखे र आउने स्थानीय तहको चुनावको लागि तयारी गर्ने सोच बनाएको छु । मलाई सल्लाह सुझाव प्रतिक्रिया दिनु होला । देशमा आमुल परिवर्तन आएको छ। स्वतन्त्र उमेदवार हरुले धेरै ठाउँ बाट विजयी हासिल गर्नु भयो अब आउदो दिनहरुमा झन त्यो बढ्ने छ । मैले पनि आउने दिनमा कोल्हवी नगरपालिका वडा नं ५ बाट आफ्नो उम्मेदवारी दिदै समाजिक काम मा अगाडी बढ्ने सोच बनाएको छु स्वतन्त्र बाट । मैले यो साल देखे अरु पार्टी लाई निकै नराम्रो भनेर भोट मागेको तर म आफुे समाजमा गर्ने काम र आफ्नो भिजनको साथ आउने छु । म कुनै पार्टी लाई नराम्रो भन्ने छैन मात्र पार्टी भित्र रहेका धमिराको निर्मुलन गर्ने छु । काला नाग बनेर हाम्रो समाजमा गाडिएको सामान्ति पर्था म हटाउन प्रयत्न गर्ने छु मलाई साथ दिनु होला ।
आगामी चुनावमा मा म आफ्नै जन्म जिल्ला बारा को क्षेत्र न.१ कोल्हवी नगरपालिका वडा नं ५ बाट स्वतन्त्र बाट म श्री सुरज बिक्रम थापा युवा उमेदवारी दिने घोषणा गर्दछु ।
मेरा आदरणीय परिवारजन इस्टमित्र मान्यजन र मेरो फेसबुक फ्रेन्डलिस्ट मा रहनु भएका सम्पुर्ण साथी भाइ राजनितीज्ञ समाजसास्त्री बिध्वान बिग्य धनधनाड्य व्यापार ब्यावासायी सम्पुर्ण को साथ सहयोग सल्हाहसुझाब को लागि हार्दिक अनुरोध गर्दछु ।
मेरा अजेन्डा :- १, २ र ३ नम्बर लाइ विशेष महत्त्व दिइने छ ।
१) आफ्नो क्षेत्र भित्र प्रत्येक गाउँ गाउँ मा मोटर बाटो नपुगेको ठाउँ मा तुरुन्त मोटर बाटो बनाइने छ ।
२)आफ्नो क्षेत्र भित्र मोटर बाटो भएको कालो पत्रे नभएको मोटर बाटाहरु लाई तुरुन्तै कालो पत्रे गराइने छ ।
३)साघुरो र उकालो बढी भएको मोटर बाटाहरु लाई यथासिघ्र फराकिलो र लेभल मर्मत गरिने छ । यी तीन वटा बुदा नै बिकाशका लागि चाहिने सबै भन्दा पहिलो आवश्यक्ता हो भन्ने मेरो बुझाइ रहेको छ ।
४)मेरो घोषणा अनुसार शिक्षामा १२ क्लास सम्म निशुल्क गरिने छ । समय समयमा अनुगमन , अंग्रेजी माध्यम बाट अध्यापन गराईने छ त्यसको लागि सम्पुर्ण खर्च वडा बाट गरिने छ ।
५)वडा स्वास्थ संस्था बाट स्वास्थ्यमा रोग पहिचान गरी निशुल्क स्वास्थ्य चेकजाँच निशुल्क दवाइ को व्यबस्था गरिने छ ।
६)बेरोजगार युवाको लागि विभिन्न किसिमका तालिम र बिना धितो लोन को व्यबस्थाको पहल गरिने छ ।
७)कृषि ब्यवासाय लाई प्राथमिकता मा राख्दै प्रतेक १० घर धुरी लाई एक थान कृषि औजार निशुल्क प्रदान गरिने छ ।
८) माछाको विचौलिया हटाएर किशान र बजारको दुरी छोट्टाईने छ । दाना भुरा लगायतका आवश्यक तत्व वडाले शौलियतमा व्यवस्था गर्ने छ।
९)उन्नतजातका बीउ र मलको बेलैमा कृषक सम्म पुर्याइने छ ।
१०) प्रतेक घर धुरी लाई एक एक थान इन्डक्स चुलो निशुल्क प्रदान गरिने छ ।
११) जनचेतना मुलक तालिम प्रत्येक महिना दिईने छ । कुलतमा लागेका युवालाई हौसला दिदै कुलत बाट टाढा राखिएने छ ।
१२) खेलकुद मा ध्यान दिदै प्रत्येक दिन वडा का गाउँ स्तरीय खेल अभ्यास गराईने छ ।
१३) कृषि सहकारी खोलेर वडा बासि लाई आवश्यक लोन र सामान को व्यवस्थापन गरिने छ।
स्वतन्त्र युवाउमेदबार
सुरज बिक्रम थापा कोल्हवी ५

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*