निर्बिकल्प दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल बारामा

मधेस प्रदेशको बारा जिल्लामा प्रस्तावित देशकै गौरवशाली योजना, अन्तर्राष्ट्रिय बिमानस्थल निजगढ बिमानस्थल जति सक्दो चाडो बन्नु पर्छ भन्ने दबाबमुलक माग राख्दै गरिएको रिले अनसनको सुरु भएको आज अठार दिन भै सकेको छ । विमानस्थल जस्तो दुरगामी महत्त्व राख्ने बिकास का योजना रोक्नु दु:खद कुरा हो ।
बास्तबमा विमानस्थल भनेको सबैभन्दा ठूलो इकोनोमी हो । किनभने विमानस्थल कार्गोसँगै ठूलो संख्यामा पर्यटक भित्रिने ठाउँ हो! जहाजसँगै इन्धन आउने ठाउँ पनि हो । यस हिसाबले यो नेपालको ठूलो इकोनोमिक हब हुने अनुमान लगाउन सकिन्छ।
‘२६–२७ देशबाट उडान हुनेछन्, थुप्रै देशका जहाज त्यहाँ बस्न, इन्धन भर्न आउनेछन्, ‘त्यसैगरी यसक्षेत्र बाट धेरै ठाउँमा जान सकिन्छ । यो यस्तो उडानको मध्य विन्दु हुनेछ, जहाँबाट संसारका मुख्य–मुख्य ठाउँमा पुग्न सकिन्छ ।’
यस्तो महत्त्वपूर्ण आयोजनालाई विवादमा पारेर रोक्ने काम गर्नु भनेको मधेश प्रदेशको साथ साथै समग्र राष्ट्रको बिकाश रोक्नु र अर्थतन्त्र कमजोर बनाउदै जानू हो।बारामा प्रस्तावित स्थल प्राविधिक रूपमा विमानस्थलका लागि उपयुक्त रहेकाले यसको विकल्प खोज्नु उपयुक्त देखिदैन!
सुरुमा दशवटा स्थान हेरियो, ठाउँको उपलब्धता, जहाज उडाउन र अवतरण गर्न वरिपरिको भूधरातलीय स्थिति (एयर नेभिगेसन), काठमाडौंबाट दूरी, सीमाको दूरी, आफ्नै एयर स्पेसमा होल्ड गर्न सकिनेजस्ता कुरा विशुद्ध प्राविधिक अध्ययनको निष्कर्षका आधारमा तय गरिएको हो भन्ने बिज्ञहरु भन्छन्, ‘पोखरा र भैरहवा जस्तो हतारमा वा राजनीतिक निर्णयका आधारमा बारामा विमानस्थल बनाउने कुरा आएको होइन, त्यसैले बाराको विकल्प अरु छैन ।’








