राजनिती परिबेस
२०७८ फाल्गुन १८, बुधबार १३:०९ गते

सुरज बिक्रम
कोल्हवी,बारा-रामवन,नेपाल (हाल जापान)
विगतका राजनीति बताउनु हुन्छ बुवाले सधैँ
कर तिरेर भ्रष्टाचारी पाल्नु पर्छ जनताले सधैँ।।
जसोतसो गरेर मलाई पढाउनु भयो बा’आमाले
जागिर छैन के गरेर घर चलाउनु आमाले सधैँ।।
रोजगारको व्यवस्था हुन सकेन युवालाई देशमा
परदेशीन पर्छ कमजोर आर्थिक व्यवस्थाले सधैँ।।
मरुभूमिको चर्को घाममा जब भेडा चराउनु पर्छ
अाफ्नो देश र परिवार सम्झन्छ गोठालाले सधैँ।
कृष्णले पैसा कमाउँछ पसिना बगाउँदै खाडीमा
घरमा अर्कै कृष्ण खोज्दै हिँड्छीन् राधाले सधैँ।।








