भुवनको नम्रताप्रति कटाक्ष- ‘निर्माताको लगानी फिर्ता गर्ने दम छ ?’
गत वर्ष अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मको बहस व्यापक रूपमा चर्कियो । उनले बलिउडमा व्याप्त नेपोटिज्म र ग्रुपिज्मका कारण आत्महत्या गर्न बाध्य भएको कतिपयको टिप्पणी थियो । यसको बाछिट्टा नेपालसम्म आइपुग्यो । अभिनेत्री नम्रता सापकोटाले नेपाली फिल्म इन्डस्ट्रीमा पनि नेपोटिज्म रहेको भन्दै बहसको सुरुवात गरिन् ।
नेपोटिज्मका कारण धेरै प्रतिभावान कलाकारहरु ओझेलमा पर्ने गरेको उनको कथन थियो । यसपछि थुप्रै फिल्मकर्मी यो बहसमा जोडिए । कतिले नम्रताको भनाईमा समर्थन जनाए भने कतिले फिल्म इन्डस्ट्रीमा नेपोटिज्म नभएको दाबी गर्दै अन्तर्वार्ता दिन भ्याए । यो विषयमा तीव्र बहस चलिरहँदा सबभन्दा बढी नाम अभिनेता भुवन केसी र उनका छोरा अनमोल केसीको आएको थियो ।
तर, त्यसबेला मौनता साँधेर बसेका भुवन केसीले हालै यस विषयमा आफ्नो भनाई राखेका छन् । शनिवार आफू अभिनीत एक गीतको सार्वजनिक कार्यक्रममा उनले नेपाली फिल्म इन्डस्ट्रीमा नेपोटिज्म नरहेको दाबी गर्दै भने( ‘यो एकदमै गलत कुरा हो । नेपाली फिल्ममा नेपोटिज्म छैन । यो कुरा एकरदुई जनाले हल्ला फिजाएर अन्तर्वार्ता दिएर रमाउनका लागि बोलेका मात्र हुन् ।’
उनले हरेक निर्माताले आफ्नो लगानी फिर्ता गर्ने कलाकारसँग काम गर्न चाहने बताए । ‘फिल्म मेकिङमा करोडौं लाग्छ । हरेक निर्माताले आफ्नो लगानी सुरक्षित हुने कलाकारलाई लिएर फिल्म बनाउन चाहन्छ । लगानी फिर्ता नहुने कलाकारलाई निर्माताले लिँदैन । जो व्यक्तिले यस्तो कुराहरु फैलाइरहेको छ, त्यो व्यक्तिमा निर्माताको लगानी फिर्ता गर्ने दम छ रु’, उनले प्रश्न सोझ्याए ।
निर्माताको लगानी फिर्ता गर्ने दम भएका कलाकार कहिल्यै कामविहीन हुनु नपर्ने उनको तर्क छ । अभिनेत्री नम्रता सापकोटाप्रति कटाक्ष गर्दै भुवनले भने( ‘यदी उहाँले खेलेको फिल्मले ३र४ करोड कमाउँछ भने उहाँलाई म ५० लाख दिएर फिल्म खेलाउँछु । तर, २० लाख पनि कमाउँदैन भने कसैले लिँदैन । गुमाउनका लागि कसैले फिल्म बनाउँदैन । त्यसैले नेपोटिज्म हल्ला मात्र हो ।’ फिल्मीखबरबाट









