निर्माण व्यवसायी संघ मकवानपुर : रविन लामाको उम्मेदवारीले थपियो प्रतिस्पर्धा

कोल्हवी न्यूज
२०८३ भाद्र २७, शनिबार ०९:१५ गते

हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरको आसन्न निर्वाचनमा रविन लामाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। याड चेन कन्स्ट्रक्सनका प्रोप्राइटर लामाले निर्माण व्यवसायीहरूको हकहित संरक्षणसँगै संघमा पारदर्शी, मर्यादित र प्रभावकारी नेतृत्वको आवश्यकता रहेको बताएका छन्।

निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका लामाले व्यवसायीहरूबीच एकता र सहकार्यलाई मजबुत बनाउने तथा व्यवसायीहरूको दक्षता र क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारीका मुख्य प्रतिबद्धतामा व्यवसायीको हकहित संरक्षण, पारदर्शी तथा मर्यादित नेतृत्व, व्यवसायीबीच एकता र सहकार्य तथा क्षमता अभिवृद्धि रहेका छन्।

आसन्न निर्वाचनमा सदस्य पदका उम्मेदवार लामाले आफूलाई अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण निर्माण व्यवसायीहरूसँग आग्रह गरेका छन्। उनले निर्वाचित भएपछि व्यवसायीका साझा समस्या र मागलाई संघमार्फत प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*