‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
२०८३ श्रावण ३१, आईतवार ०६:५९ गते
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्।
उपाधिसँगै उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। पहिलोपटक शोमा कोच बनेका वाङ्देन शेर्पाले सुवासनाको जितलाई सपनाजस्तो लागेको प्रतिक्रिया दिए।
ग्रान्ड फिनालेमा विभिन्न चार टिमबाट गरी आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। सुवासना खड्का र क्रिएसन रोका टिम वाङ्देन शेर्पाबाट फिनालेमा पुगेका थिए।










