प्रियंका कार्कीको निर्माणमा बनेको ‘मास्टर्नी’को टिजर सार्वजनिक

कोल्हवी न्यूज
२०८३ श्रावण ११, सोमबार ०७:५४ गते

काठमाडौं । अभिनेत्री प्रियंका कार्की जोशीको निर्माणमा बनेको पहिलो चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ ।

क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा निर्माण भएको चलचित्रको टिजरले आमा र छोरीबीचको भावनात्मक सम्बन्धसँगै छोरीको सुरक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई केन्द्रमा राखेको छ । टिजरमा छोरीलाई बचाउन एक आमाले कुन हदसम्मको कदम चाल्न सक्छिन् भन्ने कथाको झलक देखाइएको छ ।

आयंका फिल्मसको प्रस्तुति रहेको चलचित्रलाई सुवेन्दु घोषले निर्देशन गरेका हुन् । टिजरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायतका कलाकार देखिएका छन् ।

चलचित्र प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन् ।

भारतीय प्राविधिक टोलीको समेत संलग्नता रहेको चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारतमा भइरहेको छ । चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् । संवादमा प्रियंका र शानले सहकार्य गरेका छन् ।

युवराज इन्दोरियाको छायाङ्कन र राजा सिंह सिदुको सम्पादन रहेको चलचित्रमा रोहित शाक्यको सङ्गीत तथा त्रिशाला गुरुङको स्वर रहेको छ । चलचित्र आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउनेछ । नेपालमा चलचित्रलाई आरआर फिल्मसले वितरण गर्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*