ब्रेन ट्युमर देखिएपछि अभिनेत्री दिपाश्री निरौलाको सफल शल्यक्रिया

कोल्हवी न्यूज
२०८३ असार २८, आईतवार १६:५६ गते

काठमाडौं – अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। उनी हाल काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत रहेकी छन्।

पारिवारिक स्रोतका अनुसार मंगलबार गरिएको शल्यक्रिया सफल भएको छ र त्यसपछि उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको छ।

करिब डेढ साताअघि ढाड दुख्ने समस्या देखिएपछि दिपाश्री स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। चिकित्सकहरूले विस्तृत परीक्षणका क्रममा उनको मस्तिष्कमा ट्युमर रहेको पत्ता लगाएपछि शल्यक्रिया गरिएको हो।

हाल उनको उपचार अस्पतालमै जारी रहेको छ। परिवारले चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*