एक्सन सिन गर्दा घाइते भए विराज भट्ट

कोल्हवी न्यूज
२०७८ श्रावण १५, शुक्रबार १२:२५ गते

अभिनेता विराज भट्ट एक भोजपुरी फिल्मको छायांकनको क्रममा घाइते भएका छन् । फिल्म ‘आक्रोश’ का लागि एक्सन सिन गर्दा उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको हो । भित्र रगत जमेकाले उनलाई चिकित्सकले १५र२० दिन आराम गर्न सल्लाह दिएका छन् । विराजले फेसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको उल्ल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा परिवारसँग नेपालमा रहेका विराज भारत सरकारले फिल्म छायांकनको अनुमति दिएपछि भोजपुरी फिल्म ‘आक्रोश’ को छायांकनका लागि लखनऊ पुगेका थिए । एक्सन सिन गर्दा घुँँडामा चोट लागेपछि केही दिनका लागि फिल्मको छायांकन रोकिएको छ । सन्दिप सिंहको निर्देशन रहेको फिल्ममा विराजको जोडी भोजपुरी अभिनेत्री प्राची सिंहसँग बाँधिएको छ ।

नेपाली फिल्ममा आफ्नो बलियो पकड हुँदा हुँदै भोजपुरी फिल्ममा हानिएका विराजले गत वर्ष ‘साङ्लो’ बाट नेपाली फिल्ममा कमब्याक गरे । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । प्रदर्शनको दुई दिन बक्सअफिसमा आक्रामक व्यापार गरेको यो फिल्मको सिक्वेल बनाउने तयारीमा विराज रहेको बुझिएको छ । उनलाई एक्सन भूमिकामा दर्शकले निकै रुचाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*