काले दाइ क्रियसनद्वारा किरण गौतमको ‘माहुरी चिनीमा’सार्वजनिक

हरिहर घिमिरे
२०८१ मंसिर ११, मंगलवार १९:०० गते

काभ्रे:काले दाइ क्रियसनले नेपाली संगीतको क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रयासस्वरूप नयाँ लोकदोहोरी गीत‘महुरी चिनीमा’ सार्वजनिक गरेको छ।

किरण गौतमको शब्द र संगीतमा तयार भएको यो गीतले नेपाली लोकगीतको मौलिकता र समकालीन शैलीलाई प्रस्तुत गरेको छ।

गीतमा गायिका रचना रिमाल र गायक देव श्रेष्ठको सुमधुर स्वर रहेको छ। गीतलाई बिश्वास नेपालले संगीत संयोजन गरेका छन् भने कुमार सानु पुनले अतिरिक्त प्रोग्रामिङसहित मिक्सिङ र मास्टरिङ गरेका छन्। सागर पुन एनबीले रेकर्डिङ गरेको यो गीत ‘शंकरा डिजिटल एचडी’ स्टुडियोमा तयार गरिएको हो।

‘माहुरी चिनीमा’को भिडियोले गीतको कथालाई जीवन्त बनाएको छ। भिडियोमा बिना राउत,दीपेन्द्र सोनाम,र सन्ध्या सापकोटाको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन निरन श्रेष्ठले गरेका हुन् भने छायांकनमा सुनिल भण्डारीले आफ्नो कुशलता प्रस्तुत गरेका छन्।

भिडियो सम्पादन, रङ संयोजन र पोस्टर डिजाइनको जिम्मा बिष्णु खड्काले गरेका थिए। नृत्य निर्देशनमा नितिन वैबाले कलाकारहरूको भावनालाई प्रस्तुत गर्न सफल भएका छन्। आईटी सपोर्टमा समीर तिमल्सिनाले भूमिका निभाएका छन्।

गीतले नेपाली मौलिकता र प्रेमभावलाई समेटेको छ। विशेषगरी, गीतको संगीत, शब्द र भिडियोको प्रस्तुति शैलीले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

‘माहुरी चिनीमा’२०८१ सालको उत्कृष्ट लोकदोहोरी सिर्जनामध्ये एक बन्ने विश्वास गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*