भाडाको नाममा यात्रु लुट्दै हेटौडा-काठमाडौ चल्ने टाटासुमो
बारा । नेपालिहरुको महान चाड बडा दशै सकिय लगत्तै काठमाडौ फर्किने यात्रुहरुसंग हेटौंडा देखि काठमाडौ रुटमा चल्ने टाटासुमो संन्चालकहरुले दोब्बर भन्दा बढी भाडा असुली गरेको यात्रुहरूले गुनासो गरेका छन् । हेटौंडा देखि काठमाडौको भाडा रु४५० भए पनि सुमो संन्चालकहरुले १००० देखि १२०० असुल्ने गरेको कोल्हबी न्युजलाइ प्राप्त भएको छ ।
छुट्टिमा काठमाडौबाट आफ्नो मान्यजन कहा दशै मनाउन हेटौंडा आइ कार्तिक ३ गते फर्किने क्रममा बिदुर खड्काले तिन जनाको ३००० तिर्नु परेको कोल्हबी न्युजलाइ बताउनु भएको छ । खड्कालाइ प्रतिव्यक्ति ४५० दरले तिनजानाको १३५० को टिकट दिए पनि आफुसंग ३००० असुलिएको बताउनु भयो ।
हेटौडा बाट चल्ने ना १ज ६६२४ नंम्बरको पदममोखरी सुमो सेवाको नामबाट चल्ने सुमोले आफुसंग साबिक भाडाको टिकट थमाएर बढी भाडा असुल्दा पनि प्रहरी प्रशासनको कुनै उपस्थिति नदेखिएको र त्यसरी ठगी गर्नेलाइ कर्वाही गरि आफुसंग असुलिएको बढी भाडा फिर्ता पाउनु पर्ने खडकाले बताउनु भएको छ ।
यता जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले दसैँको अवधिमा १९ सवारी साधनलाई कारबाहि गरी ७६ जना यात्रुको १२ हजार ६ सय ४५ रुपैँया लिएको बढि भाडा फिर्ता गरीएकाे बताउनु भयो ।










