बिहारमा ब्राउन सुगरजस्तो लागूऔषधसहित बाराका २४ वर्षीय युवक पक्राउ

कोल्हवी न्यूज
२०८३ कार्तिक ९, आईतवार १६:२६ गते

भारतको बिहार राज्यस्थित आदापुरमा लागूऔषधसहित एक नेपाली युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँका २४ वर्षीय रोज मोहम्मद देवान रहेका छन् । भारतीय प्रहरीका अनुसार उनलाई श्यामपुर चोकबाट स्म्याकजस्तो देखिने ४८.७६ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको हो ।

आदापुरकी थानाध्यक्ष रूपम कुमारीको नेतृत्वमा सशस्त्र सीमा बल (एसएसबी) को सहयोगमा गरिएको कारबाहीका क्रममा देवान पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद पदार्थको मुचुल्का मजिस्ट्रेट तथा अञ्चल अधिकारीको उपस्थितिमा तयार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*