कोल्हवीमा साना किसान कृषि सहकारी संस्थाको ९ औ वार्षिक साधारणसभा
बाराको कोल्हवी ४ सपही बजारमा अवस्थित कार्यालयको प्राङ्गणमा साना किसान कृषि सहकारी संस्थाको ९ औ वार्षिक साधारणसभा एक कार्यक्रमका बिच भब्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम संचालक समितीका अध्यक्ष अस्तुर्नी देवि चौधरीको सभापतित्वमा भयो भने प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष मिस्री लाल सहनी हुनुहुन्थ्यो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत सहकारी संस्थाका अध्यक्ष अस्तुर्नी देवि चौधरी, लेखा प्रतिबेदन लेखा प्रमुख चन्द्र कुमारी कार्की र प्रबन्धक प्रतिबेदन संस्थाका प्रबन्ध अरुण चौधरीले प्रस्तुत गर्नुभएको थियोे ।त्यसैगरी कार्यक्रममा तपेश्वर राय चौधरी ,कोल्हवी नगरपालिका १ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, ४ का सदस्य कोपिला पौडेल, कृष्ण कुमार शर्मा,समाजसेवी हरि नारायण चौधरी,गोबिन्द पौडेल, बिरेन्द्र पनुहर, असर्फी चौधरी, श्याम लामा, जितेन्द्र चौधरी, हरिशंकर चौधरी, नारायण अधिकारी, बोध राज सुवेदी, समाजसेवी बुद्दिजिबी संचारकर्मी लगायत सहकारी संस्थाका हजारौं शेयर सदस्यहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा श्याम लामा, जितेन्द्र चौधरी, नगिना प्रसाद साह, वडा ४ सदस्य कोपिला पौडेल, हरिनारायण चौधरी, नारायण प्रसाद अधिकारी, बोधराज सुवेदी, १ अध्यक्ष बिरेन्द्र चौधरी, गोबिन्द पौडेल, तपेश्वर राय चौधरी लगायतकाले मन्तव्य राखेका थिए ।
मन्तव्यको क्रममा श्याम लामा, जितेन्द्र चौधरी, नगिना प्रसाद साह,वडा ४ सदस्य कोपिला पौडेल ,सा.कि. बोरहा अध्यक्ष बिन्दास, हरिनारायण चौधरी, नारायण पअधिकारी, बोधराज सुवेदी, १ अध्यक्ष बिरेन्द्र चौधरी, गोबिन्द पौडेल, तपेश्वर राय चौधरीले भन्नुभयो केही नभए पनि कोल्हवीमा कमसेकम एउटा जे. टि. ए. को व्यवस्था गर्नुपर्नेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभयो। त्यस्तै कृषि कै लागी कृषि ज्ञान केन्द्र रहेको कुरा कृषि ज्ञान केन्द्रका अध्यक्ष राज नारायण साहले जानकारी दिनुभयो ।
त्यस्तै यो संस्था आजको दिनमा निकै नै अगाडि बढी सकेको हो र यतिले मात्र पुग्दैन यो संस्थालाई अझै प्रगाढ बनाउनको निमित्त अझै मेहनत गर्नुपर्नेमा सभाका जिल्ला सहकारी संघका अध्यक्ष मिस्री लाल सहनीले सम्पुर्ण सदस्यहरुलाई आग्रह गर्नुभयो ।
संस्थाले अपांग, जेष्ठ नागरिक ,होनहार बिध्यार्थी, खुत्रुक्क बाल बचत,पशु पालक,उतकृष्ट समूहलाई सम्मान गर्नुभएको छ।कार्यक्रमलाई संस्थाका प्रबन्धक अरुण चौधरीले संचालन गर्नुभएको थियोे भने स्वागत मन्तव्य संका अध्यक्ष अस्तुर्नी देवी चौधरीले गर्नुभएको थियोे ।









