तिम्रो मेरो साथ’को सेन्सर पास संगै भोलि बेलुका चितवनमा प्रिमियर शो हुने

फिल्म ´तिम्रो मेरो साथ` पौष २९ बाट प्रदर्शनमा आउँदै
कोल्हवी न्युज ब्यूरो
२०७९ पुष २६, मंगलवार २२:०५

कोल्हवी:फिल्म ‘तिम्रो मेरो साथ`लाई सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै सिनेमा हेर्न पाउने छन् । फिल्म आगामी शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
रमेश एमके पौडेलको डेव्यु निर्देशकिय फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।
फिल्मका सह-निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । साथै भोलि यस फिल्मको प्रिमियर शो चितवन महोत्सव लाई लक्षित गरि ५ बजे बेलुका गर्ने निर्माता/ निर्देशक रमेश एम.के पौडेलले कोल्हवी न्युज लाई बताउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*