महोत्तरीमा एक लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक पक्राउ

कोल्हवी न्यूज
२०८३ भाद्र ३१, बुधबार १४:५३ गते

महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा बर्दिबासस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।

घुस मागेको सूचना पाएपछि निगरानी गरिरहेको आयोगको टोलीले साहलाई रकमसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*