यौंन के हो ? नेता र कार्यकर्ता कस्तो हुनुपर्छ

संसारमा जति पनि ठुलठुला विद्धान,बैज्ञानिक,माक्स,लेनिन,माओ या बिप्लव,प्रबक्ता,पिबी र सिसी पनि उहाँहरुको आमा र बुवाको अनुशासित सहवासबाट यो धर्तिमा जन्म सम्भब भएको हो ।
बिक्रम सि.
२०७९ कार्तिक ३०, बुधबार १४:२७ गते

यौन हरेक प्राणीहरुकोलागि अनिबार्य कुरा हो। प्रजनन प्रक्रियालाई निरन्तरता दिन शारिरीक भोक मेटाउन यसको उपयोग गरिन्छ । अनुशासित भएर समाजले तोकेका या बैवाहीक जीवनमा बाधिएका जोडिहरुले एकान्त ठाउँमा ठिक समयमा एकआपसमा सहवास गर्न पाउँदछन।अनुशासित भएर सहवास बसेरै माहान ब्याक्तिहरुको जन्म भएको हो।सायद यौन क्रिया अनुशासित सहबास नभएको भए यो पंतिकारको सुन्दर जीवन आज पृथिबीमा हुँदैन थियो । यौन आफैमा गलत कार्य होईन,यो पबित्र काम हो ।
संसारमा जति पनि ठुलठुला विद्धान,बैज्ञानिक,माक्स,लेनिन,माओ या हाम्रो महासचिव बिप्लव,प्रबक्ता,पिबी र सिसी पनि उहाँहरुको आमा र बुवाको अनुशासित सहवासबाट यो धर्तिमा जन्म सम्भब भएको हो । यसलाई अनुसाशनहिन र छाडा तरिकाले,जहाँ पायो त्यही जस्लाई पायो त्यसैसँग सहबास बस्दा यो पवित्र होईन कुरुप र अपराधिक काम बन्न पुग्दछ जुन आज नेपाली समाज कुरुप र संकटग्रस्त बन्दै गएकोछ । एउटा सुन्दर परिवारमा आगो लागेकोछ,बालबच्चा बेवारिसे र टुहुरा भएकाछन,बिदेशवाट पसिना बगाई कमाएको पैसा लुटेर अर्कै पुरुषसंग भाग्नुपर्ने या छोरा छोरी र श्रीमती घरमै बिचल्लि गराउँन बाध्य भएका घटनाहरू सामाजिक सन्जाल र समाजमा छरप्रस्ट भेटिन्छन ।
जुन सँस्कारले हाम्रो पार्टि जीवनलाई पनि प्रभावित पार्यो जस्तोसारङकोटको डाडैले गितको टिकटखो चुम्बनले गनिएका नेतालाई नै खाईदियो, घरमा आफ्नो श्रीमती हुँदाहुँदै नयाँ छोरी जस्ति स्त्रि बिहेगर्ने सुदर्सनको बारेमा मौन बस्नु र आज पार्टीबाट भाग्नु नेताहरुको उदारता नै हो। यसको मुख्य कारण यहि सामाजिक प्रभाब नै हो । राम्रो पुरुष देख्दा स्त्रिलाई या पुष्ट छाति,कसिलो कम्मर भएकी स्त्रि देख्दा पुरुषलाई सहबास बस्न मनलाग्नु या कसैलाई नलाग्नु स्वोभाविक जैविक नियम हो तर मन लाग्यो भन्दैमा जसलाई चाह्यो त्यसैलाई जहाँ चाह्यो त्यही कसैकी छोरी-चेलि,बुहारी श्रिमती देख्नै नसक्ने, राम्रा युवा पुरुष देख्नै नसक्ने देख्यो कि सन्कियर आँखामा रगत-आँसु चुहायर घण्टौ बेकार फजुल कुरा गरेर बस्ने,एकआपसमा अस्वोभाबिक आकर्षित हुने,यस्तो ब्याबहार लाई पुरै कन्ट्रोल गर्नु पर्छ । पायो भने जथाभावी यौनसम्बन्ध राख्ने सम्मका घटना हुन पटक्कै दिनु हुँदैन अन्यथा घर परिवार,समाज जलाउने र जीवन र सिंगो पार्टि सिध्याउन कसेैले रोख्न छक्ने छैन। यो बिषयमा सबै नागरिक,नेता कार्यकर्ता र सबैपार्टीहरु गम्भीर र सजक बन्न जरुरी देखिन्छ ।
समाधान के ?
नेता र नैतिक्ता दुई फरक कुरा हुन । मान्छे नेता बन्न सक्ला नेता बन्दैमा उ नैतिकबान नहुनपनि सक्छ । नैतिक र ज्ञान बिनाको नेता त्यो सिंगो पार्टी जीवनको प्रदुषित पात्र सावित हुन्छ । जसले पार्टीलाई धोस्त पार्छ । हरेक नेता नैतिकवान हुनै पर्दछ । संस्कार,सँस्कृति,आचरण,शैली र बोलिचाली सबैमा सरल र निपुर्ण ब्यक्ति नै समाजको या जनताको नेतृत्व गर्न सक्छ र नेता बन्न सक्दछ । यसको समाधान आफै नैतिकवान बन्ने कुरा नै पहिलो हो । दोस्रो यदि कसैले त्यस्तो गलतकार्य गरेको पाईयो भने त्यस्तो लाई कडा भन्दा कडा करबाही गर्नु पर्छ । यो व्यवहार देख्दा नेता कार्यकर्ताले मुख छोप्ने,सामान्यकरण गर्ने,नेता उदार वन्दा यो समस्या भयाबह वन्न सक्दछ । हाम्रो पार्टीको निर्देसिका पढाउने र कडाईपुर्बक लागू गर्न लगाउँनुपर्छ । निर्देसिका त्यस्तै हो यो चल्छ भनेपछि नेताकार्यकर्ता सकिने डर छ।
यो बिषयमा सिंगो पार्टी निर्मम बन्न पर्दछ । त्यो समस्यावाट पिडितहरुले पनि अलि सक्रिय हुनु पर्दछ।पिडित सदस्यले त्यस्ता अपराधिक काम गर्नेहरुलाई फलामको रडले टाउकोमै हिर्काएपनि माफिदिने खालको नियम बनाउनु पर्दछ र हिर्काउँनु पनि पर्दछ ।
त्यस्तो घरपरिवार समाज खरानी बनाउने अपराधिक र क्रुप कार्य जहाँ भेट्यो त्यही नियन्त्रण र निरुत्साहित गर्न र यस्ता कलंक ब्याबहारहरु गर्ने, गतिछाडा,मतिछाडा,अझ अनैतिक यौन सन्तुष्टि लिने उदेस्यले पार्टीमा संसस्था र समाजमा लागेका प्रबृतिहरु, हेर्दा सामान्य लागे पनि यो सिंगो समाज र पार्टी कै लागि धमिरा,क्यान्सर जस्तै हो । सिंगो समाजलाई लाई मृत घोषणा गरिदिन्छ । यो कुरालाई मनन गर्दै हामी सँस्कार सँस्क्रितिमा पनि नेता आदर्स र कार्यकर्ता आदर्णीय बन्नुपर्दर्छ । यो ब्याबहार जनतालाई सिकाउनु पर्दछ। समाजको छाडा सँस्कार सदाको लागि अन्त्य गर्नु पर्छ यो सँस्क्रिति कुनै गलत व्यबस्था भन्दा कम घातक छैन । अब हरेक पार्टीमा `म बिवाहा भएपछिमात्र सहबास बस्नेछु, आफ्नो जिबनसाथिबाहेक कसैँग सहबास गर्नेछैन सबैलाई आमा,छोरी चेलि र बुहारिकै नजरले हेर्नेछु,मैले अनैतिक सहबास गरें भने मलाई फाँसीको सजाय दिईयोस ´ भन्ने सफत खुवाउँनु पर्दछ र लागू गर्नुपर्दछ!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*