मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवले लिए शपथ, दोस्रो पटक सरकारको नेतृत्व
मधेश । मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले यादवलाई शपथ गराएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका यादव दोस्रो पटक प्रदेश सरकारको नेतृत्वमा पुगेका हुन्।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
शपथ ग्रहणपछि मुख्यमन्त्री यादवले अबको सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्।









