मोदीलाई प्रधानमन्त्री शाहको उपहार : पशुपतिनाथको प्रसाददेखि रुद्राक्ष र शालिग्रामसम्म

कोल्हवी न्यूज
२०८३ मंसिर ८, सोमबार १३:४३ गते

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा धार्मिक तथा सांस्कृतिक महत्त्वका उपहार आदानप्रदान भएका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथ मन्दिरको विशेष प्रसाद सेट उपहार दिएका छन्। कलात्मक काठको बाकसभित्र सजाइएको उक्त सेटमा रुद्राक्ष, पवित्र शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त प्रसाद सेट शाहले व्यक्तिगत तर्फबाट मोदीलाई प्रदान गरेका हुन्। यसैगरी नेपाली राजदूतावासका तर्फबाट पनि भारतीय प्रधानमन्त्रीलाई रातो मच्छिन्द्रनाथको कलात्मक उपहार प्रदान गरिएको छ।

त्यसको प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शाहलाई पवित्र गङ्गाजल भरिएको कलात्मक घडा उपहार दिएका छन्।

दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ताअघि आत्मीयतापूर्वक उपहार आदानप्रदान भएको थियो। दुवै देशका धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएका यी उपहारले नेपाल–भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई समेत प्रतिबिम्बित गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*