तराई-काठमाडौ द्रुतमार्ग २०८१ सम्‍ममा सकिने सेनाको दावी

कोल्हवी न्यूज
२०७८ फाल्गुन ११, बुधबार २०:३७ गते

नेपाली सेनाले तराई-मधेध द्रुत मार्ग फास्ट ट्र्याक २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरेको छ । विभिन्न प्याकेजबाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताउँनुभयो ।उहाँका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ र आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको पोखरेलले बताउँनुभयो ।

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा पोखरेलले भने, ‘डिजाइन रिभ्यूको क्रममा छ । सुरूङ बन्दै गर्दा पुलहरुको निर्माण भने एकै साथ गरिनेछ ।’बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न हुने उहाँले बताउँनुभयो ।यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दुको विषयमा खोकनामा भएको विवादका विषयमा भने माथिल्लो तहबाटै पहल भइरहेको पोखरेलले बताउँनुभयो । उहाँले भन्नुभयो, ‘खोकनाको ११ किलोमिटर विवाद समाधान भएपछि गर्ने गरी तत्कालका लागि त्यसै छाडिनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*