चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्ति अनुदान लिन २० गतेभित्र कागजात पेश गरिसक्नुपर्ने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको निस्शुल्क छात्रवृत्ति अनुदान लिन २० गतेभित्र आवश्यक कागजात पेश गर्न सार्वजनिक शिक्षण संस्थालाई आग्रह गरेको छ।
आयोगले बुधबार सुचना जारी गर्दे निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत नेपाल सरकारले सार्वजनिक शिक्षण संस्थालाई एकमुष्ठ अनुदान प्रदान गर्ने र त्यसको लागि २० गतेभित्र कागजात पेश गर्न बाँकीरहेका शिक्षण संस्थाहरुलाई आग्रह गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ को उपदफा ७ बमोजिम चिकित्सा शिक्षा स्नातक तहमा उपलब्ध सिट संख्याको कम्तिमा पचहत्तर प्रतिशत सिट निशुल्क छात्रवृत्तिको लागि व्यवस्था गर्नु पर्नेछ। सोहि ऐनको दफा १८ को उपदफा ८ मा निस्शुल्क छात्रवृत्ति उपलब्ध गराए बापत नेपाल सरकारले सार्वजनिक शिक्षण संस्थालाई एकमुष्ठ अनुदान प्रदान गर्ने गर्दछ।
आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २२९१० बमोजिमका कबुलियतनामाहरुको सक्कल प्रति र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २२९२०बमोजिमको वार्षिक प्रतिवेदन बुझाउँन बाँकीरहेका शिक्षण संस्थाहरुलाई २० गते सम्मको समय दिएको हो।
साथै स्नातकोत्तर तहका लागि चिकित्सा शिक्षा आयोग मार्फत थप अनुदानको व्यवस्था नभएको आयोगले जनाएको छ।











