कांग्रेस महाधिवेशन : कुन पदमा कति उम्मेदवारी शुल्क ?

कोल्हवी न्यूज
२०८३ भाद्र ३०, मंगलवार १६:२० गते

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गर्दै विभिन्न तहका पदमा उम्मेदवारी शुल्क तथा प्रस्तावक–समर्थकको संख्या निर्धारण गरेको छ।

निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ४० हजार रुपैयाँ उम्मेदवारी शुल्क तथा १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उपसभापति र महामन्त्रीका लागि ३० हजार रुपैयाँ शुल्कसहित ७–७ जना प्रस्तावक र समर्थक तोकिएको छ।

त्यस्तै, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ शुल्क तथा ५–५ जना प्रस्तावक र समर्थक र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तथा ३–३ जना प्रस्तावक र समर्थक आवश्यक पर्नेछ।

प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ।

पार्टीका अनुसार वडा तहदेखि केन्द्रसम्मको निर्वाचन प्रक्रिया व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन निर्वाचन निर्देशिका जारी गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*