विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर,विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण

कोल्हवी न्यूज
२०८३ भाद्र ३०, मंगलवार १८:४९ गते

रौतहट,विश्वकर्मा पूजाको अवसर पारेर रौतहटको शिवनगरमा विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण हुने भएको छ।

 

 

नेपाल विश्वकर्मा लोहार संघ र सृजनात्मक समाज कल्याण केन्द्र रौतहटको आयोजनामा हुने स्वास्थ्य शिविरमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका कन्सल्ट्यान्ट फिजिसियन डा. रञ्जित यादवसहितको चिकित्सकीय टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्नेछ।

 

 

शिविरमा मधुमेह (चिनी रोग), थाइराइड, उच्च रक्तचाप, दम, मुटुसम्बन्धी समस्या लगायत विभिन्न रोगको परीक्षण गरिने आयोजकले जनाएको छ।

 

 

शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै आवश्यकताअनुसार मधुमेहको भोकै पेट थाइराइडको , दमको मुटुको तथा कोलेस्ट्रोलको लगायतका परीक्षणसमेत निःशुल्क गरिनेछ।

 

 

त्यसैगरी चिनी रोग, रक्तचाप, खोकीलगायत समस्याका लागि आवश्यक निःशुल्क औषधिसमेत वितरण गरिने आयोजकले जनाएको छ।

 

 

ग्रामीण तथा स्थानीय क्षेत्रमा नियमित स्वास्थ्य परीक्षणको पहुँच सीमित हुने अवस्थामा आयोजना गरिएको यस्तो शिविरले सामान्य स्वास्थ्य समस्या पहिचान गर्नुका साथै दीर्घरोगको प्रारम्भिक अवस्थामै परीक्षण र परामर्श लिन सर्वसाधारणलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

विशेषगरी मधुमेह, उच्च रक्तचाप र थाइराइडजस्ता रोगमा समयमै परीक्षण गराउनु महत्वपूर्ण हुने भएकाले शिविर प्रभावकारी बन्न सक्ने देखिन्छ।

 

 

आयोजक संस्थाले शिवनगर तथा आसपासका सर्वसाधारणलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शको लाभ लिन आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*