भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३९७ पुग्यो
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३९७ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।
फेला परेका शवमध्ये हालसम्म १ हजार २३० वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८८९ गरी ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३५५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। हालसम्म बेपत्ता ४ हजार ८९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार ४४० जना व्यक्तिलाई राखिएको छ।










