राप्रपा सांसद भाटको माग– आइतबारको सार्वजनिक बिदा हटाइयोस्
३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा कायम गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भाटले दुई दिन बिदा दिँदा विशेषगरी शैक्षिक संस्थाको पठनपाठन प्रभावित भएको बताए। उनले आइतबारको बिदा हटाएर विगतमा जस्तै शनिबार मात्रै सार्वजनिक बिदा दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
भाटले विपद्को समयमा सहयोग गर्ने मुस्लिम समुदायसहित सबैलाई धन्यवाद दिँदै सार्वजनिक बिदासम्बन्धी व्यवस्था आवश्यकताअनुसार पुनरावलोकन गर्नुपर्नेमा जोड दिए।
सरकारले इन्धनको खपत घटाउने उद्देश्यले २०८२ चैत २३ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।










