काठमाडौंबाट वीरगन्ज आउँदै गरेको ईभी दुर्घटनामा चारको मृत्यु
२०८३ भाद्र ३०, मंगलवार १७:३१ गते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ महालक्ष्मी खोला नजिकै काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ईभी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–४, धनुषाका सुरज भट्टराई र कावासोती नगरपालिका–१, नवलपरासीका नरबहादुर ठकुरी रहेका छन्। अन्य दुई मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं तथा एक महिलालाई हेटौँडा पठाइएको छ।










