मेयर खनालको आग्रह पश्चात् निजगढमा आँखा उपचार सेवा सुरु

कोल्हवी न्यूज
२०७८ फाल्गुन ८, आईतवार ०८:१० गते

तिलगंगा आँखा अस्पतालले मेयर खनालको आग्रह पश्चात् निजगढमा सेवा सुचारु गरेकोछ । अस्पतालले निजगढमा सोमबारदेखि सेवा सुरु गरेकोहो ।नेपाल आँखा कार्यक्रमले निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन गर्दै आँखा उपचार सेवाको सुरुवात गरेकोहो । नेपाल आँखा कार्यक्रमले सोमबार नै निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको शिलान्याश समेत गरेकोछ ।

अस्पतालको सेवा उद्घाटन र भवन शिलान्याश निजगढका मेयर सुरेश कुमार खनाल र नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहृत घिमिरेले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर सुरेश कुमार खनालले निजगढमा तिलगंगा आँखा अस्पताल संचालनमा ल्याउने आफ्नो वर्षौदेखिको लक्ष प्राप्ती भएको बताउनुभयो ।

आँखा अस्पताल सन्चालनमा आएसङ्गै बारा,पर्सा,रौतहट,मकवानपुर,सर्लाही लगायत मधेसका विभिन्न जिल्ला र सिमावर्ती भारत बिहारका नागरिक समेत लाभन्न्वित हुने मेयर खनालले बताउनुभयो । करीब १० करोडको शुरुवाती लागतमा निर्माण हुने अस्पताल भवन निर्माण पश्चात् अस्पतालले निजगढ बाटै शल्यक्रिया लगायत सम्पुर्ण सेवा सन्चालन गर्ने नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहृत घिमिरेले बताउनुभयो ।

दुई वर्ष भित्र भवन निर्माण गरीसक्ने लक्ष रहेको घिमिरेले बताउनुभयो । अस्पताल निर्माणकालागि निजगढ नगरपालिकाले वडा नम्बर ९ म रहेको प्राथमिक स्वास्थ केन्द्र नजिक जग्गा उपलब्ध गराएकोछ । अस्पताल निर्माणका लागि निजगढका मेयर सुरेश कुमार खनाल र नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठ बिच २०७५ कार्तिक ९ गते सम्झौता भएकोथियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*