विभियाना फाउन्डेसनद्वारा थाहा १२ तारूका ५३ बिद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौंडा/विभियाना फाउन्डेसनले थाहा नागरपालिका १२ तारूमा रहेको टिस्टुङ्ग देउराली नेपाल चेम्वर प्रा.वि. मा अध्यनरत ५३ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यासमिति सदस्य सुनमाया भोम्जनको संयोजनमा विभियाना फाउन्डेसनका संरक्षक, समाजसेवी तथा नेपाली कांग्रेस मकवानपुरका सक्रिय युवा नेता बिकेशलाल श्रेष्ठको आर्थिक सहायोगमा विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो।
उक्त कार्यक्रममा समाजसेवी सुन माया भोम्जन, कर्ण बहादुर स्यङ्तान, उर्वन तामाङ, सुरेश गोले, राजकुमार मुक्तन, सानुकन्छा थिङ, पार्वती सुनवार, राम माया तामाङ, शिक्षिकाहरु सुनन्ती बल, स्याम माया गोले, विध्यालय ब्यवस्थापन समीतिका सदस्यहरू, अविभावक लगायतको उपस्थिति रहेको थियो ।










