भ्रष्टाचारको पोल खुल्ने डरमा धोबिनी गाउँपालिकाका अध्यक्ष कुर्मीले अडिट गर्न दिएनन्

कोल्हवी न्यूज
२०७८ माघ २५, मंगलवार ०९:०४ गते

पर्साका १४ वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले आफ्नो लेखापरीक्षण ९अडीटीङ्ग० को प्रक्रिया अगाडी बढाइसकेका छन् । तर, धोबिनी गाउँपालिकाले भने अहिलेसम्म अडीटीङ्ग लागि कुनै प्रक्रिया नचालेको पाइएको छ ।

अडीटीङ्गको प्रक्रिया रोकिनुको कारण बनेका छन् गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मी । आफ्नो अनियमितता बाहिरिने भयले कुर्मीले अडीटीङ्ग प्रक्रिया सुरु गर्न नदिएको स्रोतले जनाएको छ । विवादमा रहिरहेने गाउँपालिकाका अध्यक्ष कुर्मीले यसअघिका प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर गरेको अनियमितता बाहिरिने डरले प्रक्रियानै सुरु गर्न दिएका छैनन् ।

गत आर्थिक वर्षमा अध्यक्ष कुर्मीले विना योजना पनि विभिन्न बहानामा रकम निकासा गरेको हुँदा उक्त रकम बेरुजु देखिने भएकाले अडीटीङ्ग गर्न नदिएको रहस्य बाहिरिएको हो ।

अहिले निर्वाचनको संघारमा आफुले गरेको अपारदर्शी क्रियाकलापको बारेमा जनताले थाहा पाउने र त्यसको असर आगामी निर्वाचनमा देखिन सक्ने भन्दै अध्यक्ष कुर्मीले अडीटीङ्ग गर्न नदिएको गाउँपालिकाका एक कर्मचारीले नाम नखोल्ने सर्तमा यात्राडेलीलाई बताए ।

कुर्मीले अडीटीङ्गका लागि श्रेस्तासमेत उपलब्ध नगराएको बुझिएको छ । आफु व्यस्त रहेको बहाना बनाउँदै उनले प्रतिक्रिया सुरु गर्न श्रेस्ता दीरहेका छैनन् ।

अडीटीङ्गका लागि श्रेस्तासमेत उपलब्ध नगराएको बुझिएको छ । गाउँपालिका अध्यक्ष कुर्मीले केही दिनमै अडीटीङ्गको प्रक्रिया सुरु हुने प्रतिक्रिया दिए । अहिले अन्य स्थानीय तहको भईरहेको हुँदा त्यहाँको सक्किएसँगै धोबिनीको पनि हुने अध्यक्ष कुर्मीको भनाई छ । प्रमुख प्रशासकिय अधिकृत राजु साहले पनि अडिटको लागि प्रक्रिया सुरु नभएको स्विकार गरेका छन् । यात्राडेलीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*