कोल्हबी ३ का एक कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा मृत्यु

कोल्हवी न्यूज
२०७८ माघ १२, बुधबार ०६:४३ गते

बाराको कोल्हवी नगरपालिका ३ का एक पुरुषको कोरोना संक्रमण भई नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मंगलबार बिहान पौने पाँच बजे मृत्यु भएको हो । मृत्यु हुने पुरुष ६० वर्षको रहेको र उनलाई सोमबार अस्पतालमा भर्ना गराई उपचार गराउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

मृतक पुरुषमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र भ्याक्सिन नलगाएका ऊनी अस्पताल भर्ना हुँदा उनलाई गम्भीर किसिमको निमोनिया लागेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*