बिपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोल्हवी न्यूज
२०७८ माघ ११, मंगलवार ०७:४८ गते

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेलका अनुसार मोरङ उर्लाबारी–२ की ३६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

पोखरेलका अनुसार महिलाले कोभिड १९ विरुद्ध खोप लगाएकी थिइनन्।

आइतबार आरडिटी परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि महिलाका परिवारले सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका थिए। उच्च रक्तचाप र मधुमेह समस्याले पीडित महिलाको उपचारका क्रममा सोमबार दिउँसो करिब सवा १ बजे मृत्यु भएको सहप्रवक्ता पोखरेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*