वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

वीरगञ्जमा आज थप एकजना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । यहाँस्थित वीरगञ्ज मेट्रोसिटी अस्पतालमा उपचाररत २० वर्षीय महिलाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
स्वास्थ्य अवस्था बिग्रीएपछि नारायणी अस्पतालबाट रिफर भएर आएकी बारा जिल्लास्थित बतरा वडा नम्बर ४ निवासी महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएकी थिइनन् ।
महिलाको मृत्युसँगै वीरगञ्जमा कोरोनाको तेस्रो लहरमा यो दोस्रो मृत्यु हो । यसअघि शुक्रबार बारा जिल्लाकै महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी ५० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको थियो । यद्दपी वृद्धले कोरोनाभाइरसविरुद्धको दुवै डोजको खोप लगाएका थिए ।










