चितवनको क्यान्सर अस्पतालका ५ डाक्टर र ८० नर्ससहित डेढ सय कोरोना संक्रमित

कोल्हवी न्यूज
२०७८ माघ ८, शनिबार ०६:२६ गते

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ठूलो संख्यामा चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी कोभिड( १९ बाट संक्रमित भएका छन् । अस्पतालमा ५ डाक्टर र ८० जना नर्समा कोभिड( १९ संक्रमण पुष्टि भएको छ ।

‘अस्पतालका ५ चिकित्सक, ८० नर्ससहित पारामेडिक्स, प्रशासन र कार्यलय सहयोगी गरी १ सय ५० जना कोभिड(१९ संक्रमित हुनुभएको छ,’ अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतमले भने, ‘ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।’ कोभिड(१९ को तेस्रो लहरमा अन्य अस्पतालमा पनि ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*