मधेश प्रदेशमा ४२२ मा परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण पुष्टि

कोल्हवी न्यूज
२०७८ माघ ७, शुक्रबार ०६:५६ गते

मधेश प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमण परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार ३ वटा अस्पतालमा ४२२ जनामा गरिएको परीक्षणमा २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३३ जनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको छ भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २९३ जनामा परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नारायणी अस्पताल वीरगञ्जमा ९६ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*