नेपालमा ओमिक्रोन पुष्टि भएका २४ जनाको स्वास्थ्य अवस्था सामान्य
नेपालमा शुक्रवार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुने २४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा।समीर कुमार अधिकारीले शुक्रवार ओमिक्रोन पुष्टि भएका सबै जनाको अवस्थामा सामान्य रहेको बताउनु भएको हो ।
उहाँहरुको अवस्था सामान्य छ, आ–आफ्नो ठाउँमा सुरक्षित भएर बस्नु भएको छ, डा।अधिकारीले भन्नु भयो–‘उहाँहरु बाहिरबाट आउनु भएकाले तथा कोरोनाको लक्षण देखिएको आधारमा परिक्षण गरिएको थियो । परीक्षणमा उहाँहरुलाई ओमिक्रोन देखिएको हो । तर, अहिले उहाँहरु सबैको अवस्था सामान्य छ ।’
डा।अधिकारीले कोरोनाका अन्य भेरियन्ट जस्तै ओमिक्रोन भेरियन्टका लक्षण पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, जिउ दुख्ने आदि भएकाले र यो सर्ने माध्यम पनि उस्तै भएकाले सबैले जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्नु पर्नेछ ।
‘केही हप्ताअघि नेपालमा तीन जनामा ओमिक्रोन पुष्टि भएसंगै हाम्रो पेट पोल्न थालेको थियो, डा।अधिकारीले भन्नु भयो–‘हाम्रो चिन्ता त्यही बेलादेखि बढेको हो । आज शुक्रवार नै इन्फेक्सनको रेट ह्वात्तै बढेको छ । अब एक पटक नेपालमा कोरोना संक्रमणको गति ह्वात्तै बढ्छ ।’
ओमिक्रोनलाई रोक्ने उपायका बारेमा गरिएको जिज्ञासामा डा।अधिकारीले भन्नु भयो–‘सबैभन्दा पहिला त देशभित्र संक्रमण दर नै रोक्नु पर्छ । निर्देशक समितिको बैठक बस्दैछ, त्यसले केही निर्णयहरु गर्न सक्छ । हामीले पछिल्लो समय बढेको जोमिखको कुराहरु विश्लेषण गरेर रिपोर्ट बुझाएका छौं । अब केही नयाँ निर्देशन आउन सक्छ ।’
ओमिक्रोन भेरियन्ट विगतका भेरियन्टभन्दा बढी संक्रामक भएकाले सबैले सचेत हुनु पर्ने डा।अधिकारीको सुझाव छ ।
‘यो तिब्र गतिमा फैलिन्छ, त्यसैले कोरोनाविरुद्धको खोप लगाइयो भने जोमिख अलि कम हुन्छ, डा।अधिकारी भन्नु हुन्छ–‘एकै डोज पनि खोप नलाएका व्यक्तिहरुलाई सबैभन्दा पहिला खोप लगाउन आग्रह गर्दछु ।’
‘जनस्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरियो भने हामीले चिन्तित हुनु पर्दैन, डा। अधिकारीका अनुसार अहिलेको समयमा नेपाल बाहिरबाट कोही आउँदै हुनुहुन्छ भने सकेसम्म अहिले नआउनु होस्, आउनै परे क्वारेन्टिनमा बस्नुहोस् भन्नु पर्छ । देशभित्र पनि जथाभावी भिडभाड गर्नु भएन । काम नपरी घरबाट बाहिर निस्कनु भएन । मान्छेबाट मान्छे टाढा हुनु पर्यो । जमघट गर्नु भएन । भेटेर काम गर्नु छ भने टाढा–टाढा बसेर काम गर्नु पर्यो । काम गर्दा अनिवार्य रुपमा मास्क लगाउनु पर्यो ।’
डा।अधिकारीले ओमिक्रोनका गम्भिर लक्षणहरु सास फेर्न गाह्रो हुने, जिउ दुख्ने, ज्वरो आइरहने आदि भएको बताउनु भयो ।
एउटा फरक प्रसंगमा डा।अधिकारीले नेपालमा कोरोनाविरुद्ध खोप लगाएका बालबालिकाहरुमा पनि रोग प्रतिरोधक क्षमता बढिरहेको बताउनु भयो । ‘इम्युनिटि बढ्छ भन्ने प्रमाणित भएपछि नै बालबालिकाहरुलाई खोप लगाउन थालिएको हो, उहाँले भन्नु भयो । कलाकर्मीबाट









