तराईमा शितलहरसँगै चिसो बढ्दा बिरामीको संख्यामा पनि वृद्धि

कोल्हवी न्यूज
२०७८ पुष २३, शुक्रबार ०६:०४ गते

पर्सासहित तराईका जिल्लाहरुमा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्यामा पनि वृद्धि हुन थालेको छ । वीरगञ्जस्थित नारायणी अस्पताल, बाराको कलैया अस्पताल लगायतका सरकारी अस्प्तालसँगै संस्थागत क्लिनीक एवम् हस्पिटलहरुमा पनि रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढ्दै गएका छन् ।

चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा। सरोजरोशन दासले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतका समस्या देखिने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिन डा. दासले सुझाव दिएका छन् ।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*