पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण

कोल्हवी न्यूज
२०७८ पुष २१, बुधबार १९:२९ गते

पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ सय ३९ जना निको भएका छन्। १० हजार २ सय ६७ जनामा कोरोना परीक्षण गर्दा ४ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन्।

बितेको २४ घण्टाका कोरोना संक्रमणबाट मृत हुनेको संख्या शून्य छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या ३ हजार ७३ जना रहेको छ। अन्य संक्रमित होम आइसोलेसनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको कोरोना संक्रमितको नियमित तथ्यांक हेर्दा मंगलबारदेखि संक्रमित संख्या बढ्न थालेको छ। मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार मंगलबारभन्दा बढी संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ। तथ्यांकअनुसार नै संक्रमणदर बढेकोले थप सचेत रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*